काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निपाह भाइरसको जोखिम न्यून रहे पनि सतर्क रहन अनुरोध गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सतर्क रहन अनुरोध गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले निपा भाइरस हालसम्म नेपालमा नदेखिएकाले सावधानी अपनाउन निर्देशन दिएको बताए। ‘भारतमा देखिएकाले नेपाल पनि जोखिममा रहेकाले सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा बस्न भनेका छौँ,’ प्रवक्ता बुढाथोकीले भने।
उनले निपा भाइरस नेपालमा फैलिएको भनेर हल्ला नफैलाउन पनि आग्रह गरेका छन्।


