काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानता, विधिको शासन र कामका आधारमा राजनीति गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आइतबार आयोजित चुनावी र्यालीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘रास्वपाले सबैलाई बराबर नजरले हेर्छ। पैसा हुने र नहुनेबीच विभेद नहोस् भन्ने पक्षमा हामी छौँ।’कुनै व्यापारी वा व्यवसायीको पक्षपोषण नगर्ने स्पष्ट पार्दै उनले थपे, ‘रास्वपाले कुनै व्यापारीलाई बोकेर हिँड्दैन, कसैको संरक्षणमा राजनीति गर्दैन।’ लामिछानेले ‘राइट टु रिकल’ को मुद्दा पनि मतदातामाझ सुनाए ।


