काठमाडौं । स्वास्थ्य बिमा बोर्डले व्ययभार बढेको भन्दै वर्षमा २५ हजार बराबरको मात्र बहिरंग (ओपीडी) सेवा दिने निर्णय गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन्।
बैठक आज दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रकम अभावमा सबै बिरामीले स्वास्थ्य बीमाको सुविधा पाउन सकेका छैनन् । स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन् ।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।
।


