काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ नहुने दावी गरेका छन् । उनले सोमबार नेकपा ओखलढुंगाको निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
उनले भदौ २३ गते विद्यार्थीको हत्या गर्ने र २४ गते विध्वंश मच्चाउनेहरूले आत्मसमीक्षा समेत नगरी हो–हल्ला गरेर हिँडेको आरोप लगाए । उनले भने, ‘यी दुवैभन्दा हामी फरक छौं, विचारले फरक । यो पार्टीले देशको बागडोर सम्हाल्नु पर्ने आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकता महसुस गरेर नै देशभक्त र कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेका हौँ ।’


