काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की आयोगको प्रतिवेदनलाई आफ्नो पार्टीले नमान्ने दावी गरेका छन् । पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित छलफलका क्रममा अध्यक्ष ओलीले आफूले आयोगबाट घटनाको यथार्थ प्रतिवेदन आउँदैन भनेर पहिल्यै भनेको जिकिर गरे ।
अध्यक्ष ओलीले कार्की आयोगको प्रतिवेदनले एमाले पार्टीमाथि नै प्रहार गरेको बताए। उनले पूर्वाग्रह ढंगले प्रतिवेदन तयार पारिएको बताए। ुयथार्थ प्रतिवेदन आउँदैन भनेर हामीले भनिसकेका थियौं। एमाले अध्यक्ष र तत्कालीन प्रधानमन्त्री, जसको घटनास्थलमा उपस्थितिअ नै छैन अनि तिनकाविरुद्ध फौजदारी अभियोगअन्तर्गत छानबिन गर्न र मुद्दा चलाउन सिफारिस गरेको छ,ु उनले भने।


