काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे सचिवालय बैठक बस्ने एमालेले जनाएको छ ।
बंठकमा मुख्यगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलगायत विषयमा बैठकमा छलफल गरिने बताइएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो ।


