काठमाडौं । आज देशका विभिन्न स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल देखिनेछ।
यस क्रममा दिउँसो कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस प्रदेशको थोरै स्थानहरुमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना छ।


