काठमाडौं । ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाबाट निर्वाचित जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।
मंगलबार ललितपुरमा जेनजी शहीद विनोद महर्जनको परिवारसँग भेट गर्दै सञ्चारमन्त्रीसमेत रहेका खरेलले जेन(जी आन्दोलनको जगमा निर्वाचन भएकोले रास्वपा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।
वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका बारेमा आवश्यक निर्णय गर्ने उनले विश्वास जनाए । आयोगले सुझाएका कुरा, सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व हुने उनको भनाइ छ ।


