काठमाडौं । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खसेको छ ।
ना७ ख ६७र६८ नम्बरको उक्त गाडी मन्थलीबाट रामेछाप–२ र ३ का मतदान केन्द्रका लागि निर्वाचन सामग्री लिएर जाँदै गर्दा दुर्घटनामा परेको हो। गाडीमा कर्मचारी र सुरक्षाकर्मी सवार रहेको प्रहरीले जनाएको छ। गाडी ५ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोल भट्टका अनुसार आगामी निर्वाचनका लागि देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित प्रहरीको टोली लिएर गाडी रामेछापतर्फ जाँदै गदै दुर्घटना भएको खबर आएको बताए


