काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले भोलि (मंगलबार) दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हो।
पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको बताए ।
यसअघि आइतबार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत सहित ६ बुँदे निर्णय गरेको थियो ।


