काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनबारे आन्तरिक छलफलमा जुटेका छन् ।
बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको हो। सरकार गठन लगायतका विषयमा छलफल भएको जनाइएको छ।
रास्वपा उपसभापति वाग्लेले समाजिक सञ्जालमा चार जनाबीच भेटघाटको तस्बिर पोस्ट गरेका छन्। रास्वपा शीर्ष नेतृत्वबीच काठमाडौँको दरबारमार्गस्थित रोयल सिङ्गीमा भेटवार्ता भएको जनाइएको छ।


