काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेता बालेन्द्र शाह (बालेन) चुनिएका छन्। पार्टी सभापति रवि लामिछानेले संसदीय दलको नेतामा बालेनलाई गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले बताए।
यसअघि रास्वपा केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको थियो। केन्द्रीय समितिको निर्णयलाई संसदीय दलले पनि पारित गरेको हो।


