काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विशेष अवस्थामा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताएकी छिन् ।
उनले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा यस्तो बताएकी हुन् । निर्वाचन सम्पन्न गरेर शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिन सकेको उनले बताइन् ।
लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा नभइ नागरिकको आत्मसम्मानको प्रतीक भएको उनले बताइन् । उनले एकपटक प्राप्त गरेको जनादेश सधैँका लागि स्थायी हुँदैन भन्ने कुरा निर्वाचित जनप्रतिनिधिहरुले हेक्का राख्नुपर्ने धारणा राखिन् ।


