काठमाडौं । अहिले १३३ सिटमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०१ सिटमा अग्रता लिएको छ।
एक सिटमा विजयी हासिल गरिसकेको रास्वपाले मधेसमा मतगणना भइरहेका २६ वटै सिटमा अग्रता लिएको छ।
झापा र मोरङका पनि सबै ११ सिटमै रास्वपाको अग्रता छ। सुनसरीका २ र उदयपुरको एक सिटमा पनि रास्वपाको अग्रता छ। सिन्धुली २, सिन्धुपाल्चोक १, काभ्रेपलान्चोक २, नुवाकोटका दुवै क्षेत्र, धादिङ १, मकवानपुर २, चितवनका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता छ।


