काठमाडौं । ओखलढुंगाबाट रास्वपा उम्मेदवार विश्वराज पोखरेल प्रतिस्पर्धीभन्दा जम्मा ५ मतले उछिन्दै विजयी भएका छन् ।
उनले १३,९५३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका कुमार लुइँटेलले १३,९४८ मत पाएका छन् ।
सुरुवाती मतगणनामा केही पछि परे पनि पोखरेलले अन्तिम समयमा ५ मतको झिनो मतान्तरले जित सुनिश्चित गरेका हुन्। पोखरेल नेपाल प्रहरीका पूर्वएआईजी हुन् ।


