पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।
प्रहरीले निवासबाटै उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगेको छ।
प्रधानमन्त्रीमा बालेन्द्र शाह ९बालेन० को पदबहालीपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो। बालेन सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध तत्काल कारबाही अगाडि बढाउने तयारी गरेको छ।


