काठमाडौं । निर्वाचन आयोगले आज समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिँदैछ । आयोगले आज बिहान ११ः३० बजे प्रमाणपत्र दिने सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।


