काठमाडौं । विगत केही दिनदेखि ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भएपछि राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावको कारण बिगत केही समयदेखि काठमाडौँ उपत्यकामा एलपीजी ग्यासको अभाव भई उपभोक्तामा चिन्ता र त्रास सिर्जना भएको भनी प्रकाशित एवम् प्रसारित विभिन्न समाचारहरूप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगले नेपाल आयल निगम, वाणिज्य विभाग, नेपाल खाद्य व्यवस्था कम्पनी लिमिटेड लगायत ग्यास बिक्री वितरण गर्ने डिपोहरु समेतको अनुगमन तथा अवलोकन गरेको जनाएको छ ।


