काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन् ।
सुहाङ नेम्वाङले उम्मेदवार फिर्ता लिएसँगै बादल दलको नेता चयन भएका हुन् । दलको नेतामा इलाम–२ बाट निर्वाचित युवा सांसद नेम्वाङले पनि दाबी गरेका थिए ।
माओवादीले चलाएको १० वर्ष लामो सशस्त्र संघर्षमा उनी त्यसबेलाका सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्डका सैन्य कमान्डर थिए ।


