काठमाडौं । नव निर्वाचित प्रतिनिधिसभा सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
सभामुख अर्यालले आइतबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संविधान र कानुनको पालना गर्दै सदनको मर्यादा कायम हुनेगरि भूमिका निर्वाह गर्ने बताएका हुन्
उनले संविधान, कानुन र जनताको लागि आवश्यक व्यवहारलाई समन्वय गरेर अघि बढ्ने समेत उल्लेख गरे ।


