काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि चीनका राजदूत चाड माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । आज गृह मन्त्रालयमा भएको
भेटवार्तामा दुवै देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्दै भविष्यमा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने सहमति व्यक्त गरिएको मन्त्रालयले जनाएको छ।
भेटमा नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले नेपालको भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याए। उनले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकार सधैं सचेत रहेको पनि बताए।


