काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने क्रममा म्यानपावर कम्पनीसँग नगदमा कारोबार नगर्न आग्रह गरेको छ।
बिहीबार विभागले सूचना जारी गरी नगद कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण पुर्याउन कठिन हुने भएकाले नगदमा कारोबार नगर्नु भनेको हो।
‘कुनै पनि इजाजतपत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आवद्ध कर्मचारीरप्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारमा जानको लागि या वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगर्नु नगराउनु हुन अनुरोध छ,’ विभागले भनेको छ।


