काठमाडां । अन्ततः अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न सम्झौता भएको छ ।
वार्तामा मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गरी दुई देशबिच युद्ध अन्त्यको सहमति भएको घोषणा गरेका हुन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग सम्झौता भएको घोषणा गरेका छन्।
बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी यस अवसरको सदुपयोग गर्दै अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग काम गर्ने उल्लेख गरेका छन्।


