काठमाडौं । नेकपा माओवादीले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
उनीहरूले सुस्ताका देशभक्त नेपालीहरूलाई राज्यले सम्मान दिनुपर्ने, सीमाको रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।
प्रदर्शनकारीहरूले सीमा अतिक्रमण बन्द गर, सुस्तामा भारतीयको हस्तक्षेपको प्रतिरोध गरौं, भौगोलिक अखण्डताको रक्षा गरौं लगायतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
यस्तै, माओवादीले सीमाका विषयमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री बालेनले माफी माग्नुपर्ने माग पनि राखेको छ ।


