काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ ।
उनीहरूविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर भएको हो । अदालतमा दायर भएको अभियोगपत्रअनुसार उनीहरूविरुद्द ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यी विषयमा पनि सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेका छन्। भट्ट र सुलभ अग्रवाल हिरासतमै छन्। अरु दुई जना फरार रहेकाले अदालतबाटै पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ।


