काठमाडौं । बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
आज विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले यस्तो फैसला गरेको हो ।
उनले आफ्नो वैधानिक आम्दानीभन्दा एक करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बढी गैरकानुनी रुपमा आर्जन गरेको विशेष अदालतको ठहर छ। उनलाई सोही रकम बराबर जरीवाना तिराउने फैसला भएको छ। चार लाख ५० हजार ८२६ रुपैयाँ जरिवाना तिराउने पनि फैसला भएको छ।


