काठमाडौं । आज बिहान ११ बजे सिंहदरबारमा संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३–०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने कार्यसूची रहेको छ । छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची पनि छ।
अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूचीसमेत सार्वजनिक भएको छ।


