काठमाडौँ । भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् ।
उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।नयाँ दिल्लीमा राजनीतिक भेटघाट र कूटनीतिक संवाद सकेर सभापति लामिछाने नेतृत्वको रास्वपा टोली अयोध्या प्रस्थान गरेको हो।


