काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी २५ वर्षीय दावा लामाले गाडीभित्र आगजनी गरेको घटना छानबिन गर्न समिति गठन गरिएको छ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेश बस्नेतको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापा क्षेत्री, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाह, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकी र प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ छन् ।
समितिलाई घटनाबारे छानबिन गर्न पाँच दिनको समयसीमा दिइएको छ।


