काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्की र अन्य दुई बिचौलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।
घर निर्माणको स्वीकृति तथा नक्सा पास गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको हो।
अख्तियारले नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख रहेकी इन्जिनियर दीपा कार्की, बिचौलियाको भूमिका खेल्ने आस्मा कार्की र आशीष पौडेलविरुद्ध मुद्दा दायर गरिएको हो ।
