काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौँका सर्वेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्को हो ।
आयोगका अनुसार श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साल असार २७ गतेदेखि २०८१ साल चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी तथा उनका एकाघर परिवारका सदस्यहरूको आय–व्ययको विस्तृत गणना तथा विश्लेषण गरिएको थियो ।
आयोगका अनुसार कुल वैधानिक आयबाट सोही अवधिको कुल व्यय घटाउँदा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बराबरको रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ ।



