काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजना बाँधको निरीक्षण गरेका छन् ।
यही असोज ८ देखि ११ गतेसम्मको भारी वर्षासँगै जलाशयमा पानी भरिएको थियो । त्यसपछिको बाँधको वस्तुस्थिति बुझ्न उनी आज कुलेखानी ड्याम पुगेका हुन् ।
उनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठ र अरू कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गरेका मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
भारी वर्षाका बेला बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको उनले उल्लेख गरे ।
