काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
शनिबार नेकपाको कांग्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच कार्यगत एकतामा जोड दिए। ‘कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच पार्टी एकता, सहकार्य र कार्यगत एकतालाई अघि बढाउने निर्णय भएको छ,’ प्रचण्डले भने, ‘आगामी दिनमा सदन र सडकको संघर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ।’
यससँगै उनले विगतका कमजोरी सच्याएर जनतासँग जोडिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ‘अबको बाटो विगतको उपलब्धिको रक्षा मात्र होइन, कमजोरी सच्याउँदै नयाँ परिस्थितिअनुसार पार्टी, विचार, संगठन र नेतृत्वलाई रूपान्तरण गर्ने बाटो हो, प्रचण्डले भने।
संयोजक प्रचण्डले जनताको जीवनसँग जोडिनुपर्ने बताए। त्यसका लागि जनताका समस्या उजागर गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
‘
