काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयरबजार झिनो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २.२६ अंकले बढेको हो।
आज कुल १ करोड कित्ता खरिदबिक्रीबाट ३ अर्ब ८२ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
सो कारोबारमा १०६ वटा सेयरको मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। ९ वटाको मूल्यमा उतारचढाव आएको छैन। यस दिन सेयरहरु १०.५८ प्रतिशतसम्म बढ्दा ८.३३ प्रतिशतसम्म घटेका छन्।

