काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।
उनले मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने स्पष्ट पारे । आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा पार्टीले अवरोध नगर्ने उनको भनाइ छ ।
‘मलाई समाउने भन्छन्। पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनु। खाली हात चाही जान्नँ। यत्ति कुरा हो। न कांग्रेसले आफ्नो चरित्र लुज गर्छ न कांग्रेसको नेतृत्वले चरित्र लुज र्छ। हामीले ठीक प्रश्न गर्न छाडौं भने, हामीलाई सकैले तर्साएर तर्सन थाल्यौं भने कांग्रेस होइन। हिजो बलले तर्साउन खोजिन्थ्यो आज सामाजिक सञ्जालले तर्साउन खोजिन्छ। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,’ उनले भने ।

