काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत लिन शनिबार राखिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन्।
विश्वासको मत लिँदा बहुमत नआउने देखिएपछि उनले सदनमै राजीनामा घोषणा गरेका हुन् । नेकपा एमालेले गत असोज ३० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले पनि सरकार छाडेपछि मुख्यमन्त्री थप दबाबमा परेका थिए ।
१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो । तर, सत्ता समीकरण आफ्नो पक्षमा नदेखिएपछि उनले विश्वासको मत परीक्षणअघि नै पद छाडेका हुन् ।

