काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकका सीइओहरुसँग मौजुदा सुरक्षण कार्यक्रममा पुनरावलोकन र नयाँ सुरक्षण कार्यक्रमको आवश्यकता पहिचान सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कोषले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र कर्जा विभाग प्रमुखहरुको उपस्थितिमा “बैक वित्तीय संस्थाहरुको कर्जा सुरक्षण आवश्यकता र निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमहरुको अवस्था” विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा। निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा कोषको सञ्चालक समितिका सदस्यहरु, बिभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु, नायव प्रमुख कार्यकारी अधिकृतहरु, कर्जा विभागका प्रमुखहरु, बैंक तथा वित्तीय संस्थाका अन्य प्रतिनिधिहरु, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका विकास साझेदार संस्थाका प्रतिनिधिहरु, कोषका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारी र सञ्चारकर्मीहरु समेत गरी १२० जना बढी व्यक्तिको सहभागिता रहेको कोषले जनाएको छ।


