काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च दरको रेकर्ड राखेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो। शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४८० रुपैयाँ कायम भएको छ।


