काठमाडौं । आजबाट सिन्धुपाल्चोकको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको छ ।
भूकम्पपछि बन्द रहेको तातोपानी शुक्रबार बिहानदेखि सर्वसाधारणको लागि खुला भएको हो।
भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जिल्लाका सुरक्षा निकायका अधिकारी, भोटेकोशी वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठ, ३ का वडा अध्यक्ष निमा सोना शेर्पा, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ, व्यापारी विष्णु खत्री, दोर्जे लामा लगायतकाहरु सहभागी थिए ।
नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गरे।

सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका छन्। नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।
‘


