काठमाडौँ । प्रहरीले दोलखाको लामा बगरबाट थप ४ किलो सुन बरामद गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बिगु गाउँपालिका–१ बाट थप ४ किलो सुन बरामद गरेको दोलखाका डिएसपी दिपक खड्काले बताए ।
यसअघि प्रहरीले दुई पटकमा ७ किलो सुन बरामद गरेको थियो । सुन प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् ।


