काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । आज प्रतितोला तीन सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तीन सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बढ्दा चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय दस रुपैयाँमा कारोबार भइरहेको छ ।


