काठमाडौं । इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टरको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको छ ।
शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिर ५ गतेदेखि हुने भएको हो ।
महासंघले सम्मेलन मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने जनाएको छ ।


