काठमाडौं। निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले शुक्रबार निसानको नयाँ एक्स–ट्रेल नेपाली बजारमा सार्वजनिक भएको छ।
कम्पनीका अनुसार नेपालमा एक्स ट्रेलको सुरुवाती मूल्य करोड ८७ लाख रुपैयाँ तोकिएको छ। कम्पनीले गाडीमा उन्नत प्रविधि र आधुनिक डिजाइन भएको दावी गरेको छ। दिगो भविष्यप्रति प्रतिबद्धताका साथ निसानले नेपालमा फोर्थ जेनेरेसन एक्स–ट्रेल सार्वजनिक गरेको हो।
सन् २००१ मा एक्स–ट्रेलको उत्पादन सुरु भएको हो। विश्वभर ७० लाख युनिटभन्दा बढी एक्स– ट्रेल गाडीहरू बिक्री भएका कम्पनीले जनाएको छ। विश्वको लोकप्रिय फ्यामिली लक्षित एडभेन्चर सवारी साधन भएको कम्पनीको जिकिर छ।


