काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले आफूहरुको दिएको सुझावलाई बेवास्ता गरेको गुनासा् गरेका छन् ।
उनले आज नेपाल निर्यात परिषद्को २६औँ वार्षिक साधारणसभा तथा ८औँ निर्यात दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बा्धन गर्दै यस्तो गुनासो गरेका हुन् । श्रेष्ठले भने, “सरकारले नीति बनाउँदा हामीलाई बोलाएर छलफल गर्छ । सुझाव माग्छ । तर, निर्णय गर्दा ती कुरा समेटिँदैन । बेवास्ता गरिन्छ,”
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मुलुकमा हाल व्यवसायीहरू चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको पनि बताए । यद्यपि, पछिल्लो समयका केही सूचकहरूले सुधारको संकेत देखाइरहेको उनको भनाइ छ ।


