काठमाडौं । मिडिया स्पेस सोलुसन प्रालि फूचरेक्स टेड फेयर तथा इभेन्ट तथा एक्जिभिसन एण्ड टेड सर्भिसेस इण्डिया प्रालिले संयुक्त रूपमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी “छैटौं नेपाल एग्रीटेक” आयोजना गर्ने भएका छन्।
काठमाडौंको भृकुटीमण्डपमा माघ १२ देखि १४ सम्म आयोजना हुने प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १०० भन्दा बढी स्टलहरु रहने छन्। ।
उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ।


