काठमाडौं । साताको अन्तिम कारोबार दिन विहीबार भने नेप्सेमा झिनो सुधार आएको छ । आज नेप्से ५ अंकले बढेको हो।
नेपाल स्टक एक्सचेजका अनुसार आज नेप्से परिसूचक ४ दशमलव ७८ अंकले बढेर २ हजार ३५ दशमलव ६४ मा पुगेको छ।
कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
कुल ६६ लाख १४ हजार ४४५ कित्ता शेयर २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रुपैयाँ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भयो।
गुर्खाज फाइनान्स १६ करोड १९ लाख ८९ हजार ५५८ रुपैयाँ, शिवम् सिमेन्ट १५ करोड ३९ लाख ३३ हजार ६४९ रुपैयाँ, सोनापुर मिनरल्स ११ करोड १८ लाख ५३ हजार १६८ रुपैयाँ र पिपल्स पावर ७ करोड ३ लाख २३ हजार १७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।


