काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३८ रुपैयाँ रहेको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.१० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
यता अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२३ रुपैयाँ रहेको छ।
साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २८.१८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिद दर ४३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७२ पैसा थियो।


