काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ भने एक यूरोको खरिददर एकसय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा कायम भएको छ।
यसैगरी आज एक पाउण्ड स्ट्रलिङको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ।
त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७६ पैसा थियो।


