काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले रणनीतिक योजनाका साथ काम गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई निर्देशन दिएका छन्। उनले मंगलबारअर्थ मन्त्रालयमा आयोजित बैठकमा यस्तो निर्देशन दिएका हुन् ।
उनले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर त्यसका लागि अग्रसरता लिन निर्देशन दिए। उनले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्याहरुलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताए। अर्थमन्त्री पौडेलले समस्यालाई आ(आफ्नो जिम्मेवारी र सीमामा रहेर काम गर्न संस्थाको विश्वसनियतालाई बढाउने गरी काम गर्न निर्देशन दिए। साथै खराब कर्जाको आकार घटाउँदै प्रतिफल दिने ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिए।


