काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेको छ।
काठमाडौं जिल्ला अदालत, वन परिसरसहित आसपासका बस्ती जलमग्न भएका छन्। वन परिसर पछाडि रहेको बस्ती जलमग्न भएपछि मानिसका घर डुबानमा परेका छन्। सडक जलाम्मे हुँदा स्थानीयलाई हिँडडुल गर्न सास्ती भएको थियो भने कतिपयको घरको तल्लो तलामा पानी पसेको थियो।


